स्वास्थ्य सुविधा घटाएको विरोधमा चीनमा वृद्धहरू प्रदर्शनमा

२०७९ फाल्गुन ४, बिहीबार
पढ्ने समय : < 1 मिनेट

फागुन ४
चीनमा चिकित्सा सुविधामा कटौती गरिएपछि सेवानिवृत्तहरू सडकमा उत्रेर विरोध प्रदर्शन गर्न थालेका छन् । वृद्धवृद्धाहरुले बुधवार दोस्रो पटक वुहान र उत्तर पूर्वी शहर डालियानमा भेला भएर विरोध प्रदर्शन गरेका थिए।

 

सात दिनको अवधिमा भएको दोस्रो चरणको विरोध प्रदर्शनले राष्ट्रपति सी चिनफिङको प्रशासनलाई नयाँ नेतृत्व भित्रिन आयोजान हुने वार्षिक राष्ट्रिय जन कांग्रेसको केही हप्ताअघि दबाब दिएको हो।

यसअघि प्रान्तीय अधिकारीहरूले सेवानिवृत्तहरूले सरकारसँग दाबी गर्न सक्ने चिकित्सा खर्चको स्तर कटौती गर्ने भनेपछि फरवरी ८ मा पहिलो प्रदर्शन भएको थियो।

सामाजिक सञ्जालमा प्रकाशित फुटेजहरुले प्रदर्शनकारीहरूमा ठूलो मात्रामा वृद्ध सेवानिवृत्तहरू देखाएको छ।

यस्ता स्वास्थ्य बीमाका विषयहरू प्रान्तीय स्तरमा सम्हालिने भए पनि प्रदर्शन चीन भरी नै भइरहेको छ।

गत वर्षको अन्त्यमा हजारौं युवाहरुले चर्काे विरोध प्रदर्शन गरेपछि चीन सरकार कडा शुन्य कोभिड १९ नीति परिमार्जित गर्न बाध्य भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय