सुख्खा बन्दरगाह बारे छिटै भारतसँग समझदारीपत्रमा हस्ताक्षर हुनेछ– प्रधानमन्त्री प्रचण्ड

२०७९ फाल्गुन २, मंगलवार
पढ्ने समय : < 1 मिनेट

फागुन २
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– १ मा निर्माणाधीन सुख्खा बन्दरगाह सञ्चालनका लागि भारतसंग छिटै समझदारीपत्रमा हस्ताक्षर हुने बताएका छन् । सोमबार सुख्खा बन्दरगाहको निरिक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डले सुख्खा बन्दरगाह सञ्चालनबारे भारतसँग छलफल भएको बताए । उनले भने– म छिटै भारत भ्रमणमा जाँदैछु । यो (सुख्खा बन्दरगाह) सञ्चालनका लागि समझदारीपत्र तयार भइसकेको छ ।

उनले सुख्खा बन्दरगाह सञ्चालनपछि सुदूरपश्चिम प्रदेशको मात्रै नभएर सिंगो मुलुकको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले दोधाराचाँदनी सुख्खा बन्दरगाहलाई त्रिदेशीय नाकाका रुपमा विकास गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय