सीताविना अयोध्या अधुरो छ, नेपाल हाउस बनाउँछौं ः मुख्यमन्त्री आदित्यनाथ

२०७९ माघ २०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

माघ २०
भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले सीताविना अयोध्या अधुरो रहेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल सँग विहीबार लखनऊ स्थित आफ्नै कार्यकक्षमा भेट गर्दै मुख्यमन्त्री आदित्यनाथले नेपालको कालीगण्डकीबाट रामलिलाको प्रतिमा बनाउन ल्याइएको देवशिलाले पनि राम–सीतालाई जोडेको बताए। ।
भेटमा मुख्यमन्त्री आदित्यनाथले राम जन्मभूमि अयोध्यामा नेपाल हाउस बनाउने प्रतिबद्धता व्यक्त गरेको नेता शाहले जानकारी दिए । ‘सीता माताविना अयोध्या अधुरो छ । सीतालाई समेट्ने नेपाल हो । मिथिला हो । नेपाली भक्तजनलाई समेटेर अयोध्यामा नेपाल हाउस निर्माण हुन्छ,’ मुख्यमन्त्री आदित्यनाथको भनाइ उद्धृत गर्दै नेता शाहले भने ।
नेपाली प्रतिनिधिमण्डलले नेपाल र भारतलाई अवध र मिथिलाको सम्बन्धले जोडेको भन्दै नेपाली भक्तजनलाई निशुल्क भोजन र आवासको सुविधा हुनेगरी नेपाल हाउस बनाउन योगीसँग माग गरेका थिए । ’भेटमा मैले भर्खरै नेपालको कालीगण्डकीबाट रामलिलाको प्रतिमा बनाउन ल्याइएको देवशिलाको महत्व र दुई देशबिचको सांस्कृतिक संम्बन्धका साथै अयोध्यामा नेपाल हाउस बनाउन आग्रह गरेको छु,’ शाहले भने। ।

मुख्यमन्त्री आदित्यनाथले जवाफमा सीताविना केही पनि पूर्ण नहुने भन्दै नेपाल हाउस भवन बनाउने प्रतिबद्धता जनाएका हुन् । उत्तर प्रदेश सरकारले अयोध्यामा धार्मिक स्मार्ट सिटी बनाउँदैछ । त्यसमा सीताविना सबै अधुरो हुने भन्दै नेपाल हाउस भवन बनाउने प्रतिबद्धता योगीले गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलमा नेपाल फाउण्डेशनका अध्यक्ष विकास ठाकुर, टेलिभिजन पत्रकार अनन्त अनुराग लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय