चिनियाँहरूले बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल काम नलाग्ने, नेपाली जहाज पनि अवतरण हुन नसकेर भारत गयो

२०७९ माघ ७, शनिबार
पढ्ने समय : < 1 मिनेट

माघ ७
तयारी पूरा नहुँदै चिनियाँ दबाबमा हतार हतार सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल काम नलाग्ने भएको छ ।

डाँडा कटान नभएको, रनवे छोटो भएको भनेर कमजोरी औल्याएका वरिष्ठ पाइलट कमल केसीको यति एयरको जहाज दुर्घटनामा निधन भइसकेको छ । तमाम कमजोरी लुकाएर हतार हतार तामझामका साथ उदघाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल काम नलाग्ने पुष्टि भएको हो ।

शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी कम थियो । मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंमा अवतरण गर्न सकेन । विकल्पमा नजिकै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि उक्त जहाज पोखरामा अवतरण हुन सकेन । किनभने पोखरा एयर पूर्णरूपमा तयार भएको छैन ।

सुरक्षालगायत जोखिम कायम रहँदा वैकल्पिक विमानस्थलमा अवतरण हुन नसकेर नेपाली ध्वजावाहक आरएनए ४१६ जहाज भारतस्थित पश्चिम बंगालको कलकत्तामा पुगेको छ । नेपालमा बनेका वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको गु्णस्तरीयता र क्षमतामाथि प्रश्न उठिरहेका बेला नेपाली जहाजले नै प्रयोग गर्न नसकेर अर्काे देशमा जानुपरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय