पर्यटनमन्त्री किरातीसँग भारतीय राजदूतको भेट, हवाई रुटबारे छलफल

२०७९ माघ ६, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

माघ ६,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तवसँग हवाईरुटबारे छलफल गरेका छन् ।
बधाई दिन सिंहदरबार पुगेका राजदूत श्रीवास्तवलाई मन्त्री किरातीले हाल सिमराको आकाश हुँदै प्रवेश गर्ने रुटमा अत्याधिक चाप भएकाले भारतले महेन्द्रनगर माथिको रुटलाई दुईतर्फी बनाइदिन भनेको मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी गराए । मन्त्रीको प्रस्तावमा राजदूत श्रीवास्तवले दुई देशका प्राविधिकहरु सम्मिलित बैठक गरी उनीहरुले दिने प्रतिवेदनका आधारमा अघि बढ्न सकिने बताएको सचिव अधिकारीले जनाए ।
किराती मंगलबार मन्त्रीमा नियुक्त भएका हुन् । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री किराती भोजपुरबाट निर्वाचित संघीय सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय