मानव बेचबिखन आरोपमा दुई चिनियाँ नागरिक पूर्पक्षका लागि थुनामा

२०७९ पुष ८, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

पुस ८,
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आरोपमा काठमाडौंबाट पक्राउ गरिएका दुईजना चिनियाँलाई अदालतले थुनामा पठाएको छ । मानव बेचबिखन ब्यूरोले ठमेलमा बस्दै आएका चिनियाँ नागरिक ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई पक्राउ गरेको थियो ।

आरोपीहरुले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा मासिक १५ सय डलरमा काममा लगाउने आश्वासन दिएर भदौ १७ मा काठमाडौंबाट लाओस लगेका थिए । भारत र थाइल्याण्ड हुँदै लाओस लगेर बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम गराएर उनीहरूले पीडितहरूसँग ३ लाख ९० हजार रकम लिएको आरोप छ ।

लाओसमा आफूहरुलाई मानसिक यातना दिएको पीडितहरुको आरोप छ । आफन्तको सहयोगमा कात्तिक २५ मा नेपाल आएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए । उजुरीको आधारमा प्रहरीले ठमेल र त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर उनीहरुलाई मुद्दा चलाएको थियो । काठमाडौं जिल्ला अदालतको आदेशले उनीहरुलाई पूर्पक्षका लागि कारगार कार्यालय जगन्नाथदेवल चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय