चिनियाँ राजदूत भन्छिन् ः नेपालमा बस्दा पाएको माया र अनुभव लिएर जाँदैछु

२०७९ कार्तिक ८, मंगलवार
पढ्ने समय : < 1 मिनेट

कात्तिक ८

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछिन्।
सामाजिक सञ्जाल ट्विटरमा मंगलबार एक सन्देश छाड्दै राजदूत यान्छीले आफूले थपिएको एक वर्षे कार्यकाल पूरा गरि छिमेकी देश (नेपाल) बाट बिदा हुन लागेको जानकारी दिएकी छन्।
उनले उक्त सन्देशमा नेपालमा रहँदा पाएको माया र सद्भावका लागि नेपालीलाई धन्यवाद दिएकी छन्।

यान्छीले सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको बताउँदै यहाँको अनुभव र माया बोकेर जान लागेको उल्लेख गरेकी छन्।

चीन सरकारले यान्छीलाई नेपालको कार्यकाल पूरा गरेपछि बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ।
यान्छी फर्किएपछि नेपालका लागि नयाँ राजदूतबारे चीनले केही टुंगो गरिसकेको छैन। यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि राजदूत भएर आएकी थिइन्।

उनले चीन फर्किनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासहितलाई बिदाइ भेट गरेकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय