कात्तिक ५,
चिनियाँ कम्युनिष्ट पार्टीको २० औ राष्ट्रिय कंग्रेसको समापन समारोहबाट पूर्व राष्ट्रपति हु जिन्ताओलाई समातेर बाहिर निकालिएको छ । हाल अन्तर्राष्ट्रिय मिडियामा समेत प्रसारित एक भिडियोमा राष्ट्रपति सी जिनपिङको छेउमा बसिरहेका कमजोर देखिने ७९ वर्षीय हुलाई एकजना अधिकारीले पाखुरामा समाएर लगेको देखिन्छ । भिडियोमा हु जिन्ताओ बाहिर जान अनिच्छुक देखिन्छन् । उनलाई बाहिर लानुको कुनै स्पष्टीकरण दिइएको छैन ।
सन् २००३ देखि २०१३ सम्म राष्ट्रपति पद सम्हालेका हुलाई बाहिर लाँदै गर्दा उनले छेउमा रहेका सी जिनपिङ र ली खछङलाई केही भनिरहेजस्तो पनि देखिएको छ । जवाफमा सीले टाउको हल्लाएको देखिन्छ । अधिकारीले पाखुरा समाएर बाहिर लाँदै गर्दा हुले लीलाई थपथपाएको देखिन्छ






