भारतीय वायु सेनाले प्रयोगमा ल्यायो लडाकु हेलिकप्टर ’प्रचण्ड’

२०७९ आश्विन १८, मंगलवार
पढ्ने समय : < 1 मिनेट

असोज १८

भारतीय वायु सेनाले सोमवार हल्का लडाकु हेलिकप्टर प्रयोगमा ल्याएको छ। यो लडाकु हेलिकप्टर भारतमा नै बनाइएको हो ।
रक्षा मन्त्री राजनाथ सिंहले यस लडाकु हेलिकप्टरको नाम ’प्रचण्ड’ राखेका छन्।

जोधपुर एयरबेसमा रक्षा मन्त्रीको उपस्थितिमा यो हेलिकप्टर वायु सेनामा सामेल भयो। एलसीएच हेलिकप्टर वायुसेनालाई हस्तान्तरणअघि सर्वधर्म प्रार्थना भएको थियो।

यस कार्यक्रमपछि रक्षा मन्त्री राजनाथ सिंहले प्रचण्डमा सवार भएर यात्रा गरे। रक्षा मन्त्री सिंहले प्रचण्डको एक भिडिओ पनि सेयर गरेका छन्।

’प्रचण्ड शक्ति, प्रचण्ड वेग र प्रचण्ड प्रहारको क्षमता भएको यस एलसीएच सामेल भएपछि केवल वायुसेनाको शक्ति मात्रै बढ्ने छैन आत्मनिर्भर भारतको दिशामा पनि यो ठूलो कदम हो।’

हिन्दुस्तान एयरोनटिक्स लिमिटेडले यो हल्का लडाकु हेलिकप्टर बनाएको हो। करिब १८८५ करोड भारतीय रुपैयाँको लागतमा १५ एलसीएच हेलिकप्टर सेनामा सामेल हुनेछन्। यिनमा १० वटा हेलिकप्टर सोमवार वायु सेनामा सामेल भए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय