एलिजावेथको पार्थिव शरीर रहेको वेस्टमिनस्टर हलमा चिनियाँ प्रतिनिधिलाई प्रवेश निषेध

२०७९ आश्विन १, शनिबार
पढ्ने समय : < 1 मिनेट

एजेन्सी
असोज १
बेलायती महारानी एलिजावेथ द्वितीयको पार्थिव शरीर रहेको वेस्टमिनस्टर हलमा चिनियाँ प्रतिनिधिमण्डललाई प्रवेश दिन अस्वीकार गरेको छ।

आफ्ना सांसदमाथि प्रतिबन्ध लगाएकाले हाउस अफ कमनका प्रमुख लिन्जी होयलले चिनियाँ प्रतिनिमण्डललाई वेस्टमिनस्टर हलसम्मको पहुँच दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ।

उइगुर मुस्लिमप्रति चीनले अत्याचार गरेको भन्दै आवाज उठाएपछि बेलायतका सात सांसदलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको थियो।

एलिजावेथ द्वितीयको अन्त्येष्टि सोमबार गरिनेछ। त्यसअघि विश्वभरबाट उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अपर्णका निम्ति राष्ट्रप्रमुख तथा राष्ट्रका प्रतिनिधि पुग्ने क्रम जारी छ।

पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका निम्ति चीनका राष्ट्रपति सी चिनफिङलाई समेत आमन्त्रण गर्ने तयारीको विरोध समेत भएको थियो।

बिहीबार सांसद तथा पूर्व मन्त्रीको टोलीले विदेश मन्त्रीलाई भेट गर्दै सीलाई पठाइएको निमन्त्रणा फिर्ताको निम्ति ध्यानाकर्षण गराएका थिए।

एलिजावेथ द्वितीयप्रति श्रद्धाञ्जली अपर्ण गर्न चीनका तर्फबाट उपराष्ट्रपति वाङ चिसान उपस्थित हुन सक्ने बीबीसीले जनाएको छ।

महारानी एलिजावेथ द्वितियलाई अन्तिम श्रद्धाञ्जली दिन नेपालबाट परराष्ट्र मन्त्री नारायण खड्का बेलायत गएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय