माटो जोगाऔं अभियानमा सम्झौता

२०७९ भाद्र १८, शनिबार
पढ्ने समय : 2 मिनेट

भदौ १८
विश्वप्रसिद्ध सद्गुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔं’ अभियान अन्तर्गत नेपाल सरकारसँग सम्झौता भएको छ। नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔं अभियानबीच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा शुक्रबार हस्ताक्षर भएको छ।
हस्ताक्षरका बारेमा जानकारी दिँदै वन तथा वातावरण मन्त्री प्रदीप यादवले माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सद्गुरुको विश्वव्यापी अभियानमा नेपाल जोडिएको बताए। उनले भने, ‘यो अभियानमा जोडिन पाउनु नै सकारात्मक कुरा भएका कारण माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न गरेको ईशा फाउन्डेसनको पहलमा सहकार्य गरेर जान सकिने भएकाले नै हस्ताक्षर गरिएको हो।’

मन्त्री यादवले उक्त कार्यक्रममा सद्गुरुको अभियान ३० हजार किलोमिटर यात्रालाई सम्मान गर्न र सघाउन नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय मार्पmत देशभरिमा ३० हजार वृक्षरोपण गर्ने घोषणा गरेका छन्। वृक्षरोपण यसै महिनादेखि सुरु गरिने पनि उनले बताए। ‘उक्त वृक्षरोपण विशेषगरी खोलानाला, पोखरी र भूक्षय हुने ठाउँहरूमा गरिनेछ,’ उनले भने।

करिब ८ हजार युवा सहभागी रहेको उक्त कार्यक्रममा नेपालबाट माटो जोगाऔं अभियानका अभियन्तासमेत रहेका अनिलकेशरी शाहले भने संसारभरिको माटो कसरी जोगाउन सकिन्छ भनेर अभियान चलाउँदै हिँडेको ईशा फाउन्डेसनले नेपालको माटोको विषयमा पनि अध्ययन गरेर प्रतिवेदन पनि बुझाएको बताए।

जसमा अन्य क्षेत्रको माटोभन्दा नेपालको माटो केही स्वस्थ देखिएको समेत देखिएको सद्गुरुले बताउँदै आएका छन्। थप सुरक्षित बनाउनका लागि नेपाल सरकार र सबै क्षेत्र आआफ्नो स्थानबाट पहलीकरणमा जुट्नुपर्ने बेला भएको शाहले भने माटो जोगाउनुपर्ने प्राकृतिक स्रोत हो भनेर बुझाउनकै लागि कार्यक्रमको आयोजना गरिएको पनि उनले बताए।

माटो जोगाऔं अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउन्डेसन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो। माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसलाई एकजुट गर्नुका साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ। माटोको विनाशको संकटलाई सबैसामु छर्लंग पार्नको लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा एक सय दिने यात्रा सुरु गरेका थिए। यात्राको सुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔं अभियानलाई समर्थन गरिसकेका छन्।

सद्गुरुले कार्यक्रममा बोल्दै माटो जोगाउनका लागि सबैले समाधान खोज्नुपर्ने बताए, उनले भने, ‘हामीले प्रकृृतिलाई थप बिगार्दै छौं। माटोलाई हामीले आमा मान्छौं। हामीले हाम्रो आमाको दूध खाएर बसेका छौं। तिनै आमालाई हामीले अहिले नै जोगाउन लागेनौं भने कहिले जोगाउने ?’ सद्गुरुले नेपालले समयमै आफ्नो स्वस्थ माटोलाई चिन्न सकोस् भन्दै नेपाल सरकारको सहकार्यलाई माटो जोगाउन नेपालले समयमै तदारुकता देखाउने कुरामा विश्वस्त रहेको बताए।

आमालाई हामीले उत्खनन गर्दै क्षय गर्दै लग्यौं भने हामी पूरै सकिन्छौं। हाम्रो शरीरको ६० प्रतिशत भाग नै माइक्रोअर्गानिज्मले बनेको हुन्छ। यो अत्यन्तै गम्भीर कुरा छ। समयमै सजग हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय