जाम्बियाद्वारा चिनियाँ ऋण अस्वीकार

२०७९ श्रावण ३०, सोमबार
पढ्ने समय : < 1 मिनेट

साउन ३०

दक्षिण अफ्रिकी मुलुक जाम्बियाले चीनसँगको ऋण अस्वीकार गरेको छ ।

अमेरिका बाट प्रकाशित हुने फाइनान्सियल पोस्टको अनलाइन संस्करणले जनाए अनुसार जाम्बियाले चीनसँगको १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण अस्वीकार गरेको हो ।

जाम्बियासँग १७ अर्ब अमेरिकी डलर बराबरको वाह्य ऋण रहेको जनाइएको छ । यसमध्ये ६ अर्ब ६० करोड डलर ऋण चीनको सार्वजनिक एवम् निजी कम्पनीहरुमार्फत् लिइएको जनाइएको छ ।

यसअघि जाम्बिया र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबीच १ अर्ब ४० करोड डलर बराबरको सहयोग प्याकेजबारे सम्झौता भएको थियो ।

विश्वका विकासशील मुलुकहरु चिनियाँ ऋण पासोमा परेर वित्तीय जोखिममा रहेको चर्चामाझ जाम्बियाले चिनियाँ ऋण अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय