साउन ३०,
भारतीय राजदूतावासले काठमाडौंमा भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ।
दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरे । त्यसपछि उनले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाए । भारतको स्वतन्त्रताको खातिर स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरे । भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भई अघि बढ्न आह्वान गरिन् ।



दूतावासले आजादीका अमृत महोत्सव हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत ग¥यो । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारत बारे जानकारी थाहा पाउन प्ररित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरी जवाफको आयोजना गरेको थियो ।
कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरे ।



