आफ्नै देशका उइगुर मुस्लिमलाई दमन गर्ने आरोप लागेकोे चीनसंग रोहिंगा व्यवस्थापन गर्न बंगलादेशको गुहार

२०७९ श्रावण २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

 

साउन २४
आफ्नै देशका उईगुर मुस्लिमलाई दमन गर्ने आरोप खेप्दै आएको चीनसंग बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न गुहार मागेको छ ।

बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग आग्रह गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद बीचको भेटमा प्रधानमन्त्री वाजेदले उक्त आग्रह गर्नुभएको हो । भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बंगलादेशको पूर्वाधार विकासका लागि उत्तम व्यापार सम्बन्ध, लगानी र सहयोगको प्रतिवद्धता चिनियाँ विदेशमन्त्रीले बंगलादेशसँग गर्नुभएको छ ।

चीनले सन् २०१९ को अगस्तमा म्यानमारमा सैनिक दमनका कारण भागेका करिब सात लाख रोहिंग्या मुस्लिम शरणार्थीलाई पुनः स्थापना गर्न नोभेम्बर २०१७ को सम्झौता गर्न म्यानमारमा आफ्नो प्रभावको प्रयोग गरेको थियो । तिनीहरूलाई फिर्ता पठाउने प्रयास गरेपनि शरणार्थीहरूले म्यानमारमा आफ्नो सुरक्षा नहुने भन्दै सम्झौता कार्यान्वयन गर्दा सुरक्षाको ग्यारेन्टीका लागि अन्तर्राष्ट्रिय समुदायसँग माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय