अमेरिकी सभाकी सभामुख पेलोसीको भ्रमणले ताइपेईमा तनाव, २१ चिनियाँ लडाकु जेट ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

२०७९ श्रावण १८, बुधबार
पढ्ने समय : < 1 मिनेट

साउन १८,

अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाँ सैन्य विमान उडेको ताइवानका अधिकारीहरुले बताएका छन् ।

रक्षा मन्त्रालयले ट्वीटरमा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, २१ ओटा चिनियाँ जनसेनाका विमान ताइवानको दक्षिण पश्चिम एडीआईजेड २ अगस्ट मा प्रवेश गरेका छन् ।’

सभामुख पेलोसी मंगलबार साँझ ताइवान पुगेकी थिइन् । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने चेतावनी दिँदै आएको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् ।

चीनको कडा विरोधबीच पेलोसी एसिया भ्रमणका क्रममा ताइवान पुगेकी थिइन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ ।

ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन । पेलोसीले बुधबार बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय