नेपालको राजनितिमा चिनियाँ प्रभावले अमेरिकी अधिकारीको बाक्लो आवतजावत,सहायक विदेशमन्त्री डोनाल्ड लू फेरि आउँदै

२०७९ श्रावण १२, बिहीबार
पढ्ने समय : < 1 मिनेट

साउन १२
नेपालको राजनितिमा चिनियाँ प्रभाव ले नेपालमा अमेरिकी अधिकारीहरुको आवतजावत बाक्लिएको छ । हरेक महिनाजसो कुनै न कुनै अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम चलि नै रहेको छ । यसलाई धेरैले अमेरिकी प्रभाव बढेको रुपमा पनि लिएका छन् ।

नेपाल भ्रमणमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आउने भएका छन् । उनी बिहिबार र शुक्रबार नेपाल रहने बुझिएको छ। ।। एमसीसी पारित गराउन उनैले मुख्य भूमिका खेलेका थिए । नेकपा माओवादी का अध्यक्ष पुुष्प कमल दाहाल प्रचण्डले त सार्वजनिक रुपमै आफूलाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले दबाब दिएको बताएका थिए ।
लू आफै नेपालका नेताहरुसँग टेलिफोन संवाद गर्दै आएका छन् । यसपटक उनले प्रत्यक्ष भेट्ने गरी भ्रमण गर्न लागेका हुन् ।

रुस र युक्रेन बीच युद्ध चलेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका थिए । उक्त संवाद रुस र युक्रेनबीचको युद्धको विषयमा केन्द्रित रहेको खुलाइएको थियो ।
केही महिना अघि अमेरिकी सांसदहरुको जम्बो टोली नेपाल भ्रमणमा आएको थियो । २५ जना अमेरिकी सांसद नेपाल भ्रमणमा आएका थिए ।
अमेरिकी उपमन्त्री उज्रा जिया जेठमा नेपाल आएर तिब्बती शरणार्थीलाई भेटेकी थिइन् । विगतमा एमसीसीकी अधिकारी फतिमा सुमार नेपाल आउँदा खूबै चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय