प्रशान्त महासागरमा चिनियाँ सेना हाबी भए ः अमेरिकी जनरल

२०७९ श्रावण १०, मंगलवार
पढ्ने समय : < 1 मिनेट

साउन १०,
संयुक्त चिफ अफ स्टाफका अध्यक्ष तथा अमेरिकी जनरल मार्क मिले ले प्रशान्त महासागरमा वायु र समुद्रमा चिनियाँ सेना ‘प्रष्टसँग बढी आक्रामक’ भएको बताएका छन् ।
अमेरिकासँग प्रशान्त क्षेत्रमा चिनियाँ विमान र जहाजहरूको अवरोध उल्लेखनीय रूपमा बढेको उनले बताए । अमेरिकाले चीनको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा यस क्षेत्रका सहयोगीहरुसँग पुनः तालमेल गर्ने उद्देश्यले भएको हिन्द–प्रशान्त क्षेत्रको भ्रमणका क्रममा शीर्ष अमेरिकी जनरलले यस्तो टिप्पणी गरेका हुन् ।

चिनियाँ जनरल ली जुओचेङले यस महिना मिलेसँगको टेलिफोन अन्तर्वातामा ताइवानमा सम्झौताको लागि कुनै ठाउँ नभएको बताएका थिए । चीनले हालै सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेर दक्षिण प्रशान्त क्षेत्रमा नौसेना अड्डा स्थापना गर्ने राष्ट्रपति सी शासनको स्पष्ट आशयमाथि अमेरिकी डर पैदा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय