सुरक्षित बन्दै जम्मु, ४ हजारभन्दा बढी तिर्थयात्री अमरनाथको लागि प्रस्थान

२०७९ श्रावण ८, आईतवार
पढ्ने समय : < 1 मिनेट

साउन ८
जम्मूको आधार शिविर भगवती नगरबाट बुधवार बिहान कड़ा सुरक्षाबीच चार हजार तीन सय पचपन्न श्रद्धालुहरूको थप एउटा समुह पहलगाम र बालटालको लागि प्रस्थान गरेको छ। यो समुह साना ठूला गरि १सय ६६ वटा वाहनमा निक्लिएको छ। यो आधार शिविरबाट हालसम्म १ लाख २४ हजार ९ सय ७ जना श्रद्धालु अमरनाथ प्रस्थान भइसकेको छ।

यो समुह राजमार्ग अवरुद्ध हदा केही समयका लागि आधार शिविर चन्द्रकोटमा बस्नु परेको थियो। राजमार्गमा यातायात सुचारू भएपछि सो समुह अमरनाथको निम्ति प्रस्थान गरेको छ। पहलगाम र बालटाल मार्गमा मौसम खराब छ। यद्यपि, श्रद्धालुहरू दुवै मार्ग भएर अमरनाथ प्रस्थान गरेका छ्न। मंगलवार साझसम्म दुई लाख बीस हजार श्रद्धालुले अमरनाथको दर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय