साउन ६,
भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले आफू नेपाल र भारतबीचको सम्बन्ध चाँडै नै नयाँ उचाईमा पुग्ने कुरामा विश्वस्त भएको बताएकी छिन् ।



मुर्मुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटर मार्फत् दिएको बधाई सन्देशको जवाफमा सो कुरा बताएकी छिन् ।
मुर्मुले देउवाको ट्वीटको जवाफमा लेखेकी छिन्, ‘धन्यवाद नेपालका प्रधानमन्त्री श्री शेर बहादुर देउवा । हो, नेपाल र भारत बीचको उत्कृष्ट मित्रता र महान सम्बन्धले छिट्टै नै नयाँ उचाई चुम्ने कुरामा म विश्वस्त छु ।’
यसअघि देउवाले मुर्मुलाई बधाई दिँदै नेपाल र भारतबीचको सम्बन्ध भोलिका दिनमा नयाँ उचाईमा पुग्नेमा आफू ढुक्क भएको बताएका थिए ।



