एक अर्ब चिनियाँहरूको व्यक्तिगत सूचना ह्याकरको नियन्त्रणमा

२०७९ असार २३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

असार २३

झण्डै एक अर्ब चिनियाँ नागरिकको व्यक्तिगत तथ्यांक रहेको एक विशाल अनलाईन डाटाबेस लिक भएको छ । सो डाटाबेस झण्डै एक वर्षदेखि सबैको पहुँचमा रहेको र एक अज्ञात ह्याकर फोरमले तिनमा रहेको तथ्यांक बेच्न थालेपछि यसमाथि गत साता प्रकाश पर्यो ।
यो लिक इतिहासकै सवैभन्दा ठूलो हुनसक्ने विज्ञले बताएका छन् । यस घटनाले संवेदनशिल व्यक्ति तथ्यांक अनलाईन भण्डारण राख्दाको जोखिममा पनि प्रकाश पारेको छ । लिकआईएक्स नामक साइटले चिनियाँ डाटाबेसमा रहेको कमजोरी पहिचान गरेर बाहिर ल्याएको थियो । लिकआईएक्सका अनुसार यो तथ्यांकहरु कम्तिमा पनि गत अप्रिल २०२१ देखि सार्वजनिक पहुँचमा थियो। तर गत बिहिबारबाट एक अज्ञात प्रयोगकर्ताले यी तथ्याङ्कमाथिको पहुँच बन्द गरेर झण्डै २३ टेराबाइट तथ्यांकहरुको लागि १० बिटकोइन फिरौती मागेको छ । जुन झण्डै २ लाख डलर हुन आउँछ ।

ह्याक गर्ने प्रयोगकर्ताले डाटाबेस सांघाई प्रहरीले संकलन गरेको र यसमा झण्डै एक अर्ब चिनियाँ नागरिकको नाम, ठेगाना, मोबाइल नम्बर, राष्ट्रिय आईडी नम्बर, उमेर, जन्मस्थान लगायतका संवेदनशिल जानकारी रहेको बताएको छ । तथ्यांकलाई विक्रीमा राखेका प्रयोगकर्ताले असुरक्षित डाटाबेस अलिबाबा क्लाउडले सुरक्षित राखेको दावी गरेको छ,। जुन चिनियाँ इकमर्स जायन्ट कम्पनी अलिबाबाको सहायक कम्पनी हो । अलिबाबाले यसबारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
चीनमा १.४ अर्ब जनसंख्या छ । लिक भएको १ अर्ब जनसंख्या देशको झण्डै ७० प्रतिशत जनसंख्याको तथ्यांक हो । ‘एक पटक तथ्यांक बाहिरिसकेपछि ती तथ्यांक मेट्न सकिदैन,’ अष्ट्रेलियास्थित माइक्रोसफ्टका क्षेत्रीय निर्देशक टोरी हन्टले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय