असार १३
चिनियाँ सहर ताङसानमा शुक्रबारको साँझ। महिलाहरूको एउटा समूह डिनर लिइरहेको थियो। यसैबीच एक पुरुषले महिलालाई सँगै बसेर डिनर लिनका लागि भने। त्यस प्रसङ्गलाई अस्वीकार गरेपछि ती महिलाको टाउकोमा हिकाईयो। त्यसपछि उनको टाउको भुईँमा बजारिएको थियो। चीनमा हुने गरेको महिला हिंसाको यो एउटा ज्वलन्त उदाहरण हो। गत जनवरीमा पनि यस्तै खालको घटना भएको थियो। त्यो घटनासमेत सर्वत्र चर्चाको विषय बनेको थियो।
कठोर शासन रहेको चीनमा यी दुवै घटना सामसुम पारियो। संसारका अन्य देशमा जस्तो महिला अधिकारको माग गर्दै त्यहाँ कुनै प्रदर्शन भएन। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रकाशित गरेको बाहेक महत्त्वपूर्ण समाचार प्रकाशित पनि भएन।



‘आफ्नै पार्टनरबाट सार्वजनिक स्थानमा दुर्व्यवहार हुनु चिनियाँ महिलाका लागि सामान्य भइसकेको छ,’ चीनलाई नजिक बाट हेरेका बीबीसीका सञ्चारकर्मी केरी एलनले भनेका छन्, ‘मैले हरेक दिन घरेलु हिंसालाई टड्कारो बनाउने भिडियोहरू सामाजिक सञ्जालमा देख्ने गरेको छु।’
सन् २०१३ मा संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार १ हजार जना पुरुषले आफ्नो पार्टनरलाई हिंसा गर्ने गरेका छन्। त्यसैगरी त्यत्ति नै जना आफूलाई सुरक्षित गर्न सफल भएका छन्। सबै भन्दा आश्चर्य त समानताको प्रचार गरिने चीनमा घरेलु हिंसालाई कानुनी दायरामा ल्याउन थालिएको नै सन् २०१६ देखि हो।
एक दशक भन्दा बढी समय चीनका विभिन्न घटनालाई नजिकबाट हेरेकै एलन आफ्नै आँखा अगाडि धेरै पटक महिलामाथि हिंसा हुँदा पनि ठूलो भीड मूक दर्शक भएर बसेको बताउँछिन्।
चीनका कतिपय स्थानमा अझै पनि शक्तिको प्रयोग गर्ने , कठोर हुने र महिलालाई दुःख दिने काम पुरुषत्वको प्रतीक नै मान्ने गरिन्छ। अहिले पनि त्यहाँ कसैले यस्ता विषयमा चासो दिन चाहँदैनन्। यसलाई नितान्त व्यक्तिगत मामला मान्नेको कमी छैन।
एक दशक भन्दा बढी समय चीनका विभिन्न घटनालाई नजिकबाट हेरेकै एलन आफ्नै आँखा अगाडि धेरै पटक महिलामाथि हिंसा हुँदा पनि ठूलो भीड मूक दर्शक भएर बसेको बताउँछिन्।
चीनमा कम अपराध दर र धेरै सुरक्षा दर भएको दाबी गरिए पनि चीनमा भएको यो घरेलु हिंसा र ज्यादतीले धेरै महिलालाई आश्चर्यमा पारेको छ। ‘विश्व विद्यालयका बच्चासँग कुरा गर्दा अहिले पनि महिलामाथि यसै किसिमका हिंसा भएको घटनाले धेरैलाई आश्चर्यमा पार्ने गरेको छ। आधुनिक चिनियाँ समाजका लागि यो सुहाउने कुरा होइन’, डा यीयो फाङटोङले भनिन्।
लोकप्रिय चिनियाँ सञ्जालमा पछिल्लो समय पोस्ट भएका दुई भिडियोपछि पितृसत्तात्मक स्वरूपका बारे सबै क्षेत्रमा बहस भएका छन्।
पानीका फोका जस्तै यी घटना अदृश्य बनेर हराइरहे पनि पछिल्लो पुस्ता भने यसमा सचेत हुँदै आएको डा. यीयोको अनुभव छ। पछिल्लो समय चिनियाँ धनाढ्यको महिला हिंसा विरुद्धको अभियानमा महत्त्वपूर्ण उपस्थिति छ। ‘मि टु’ जस्ता सामाजिक अभियान त्यहाँको सामाजिक सञ्जालमा चलेका छन्।
धेरै लोकप्रिय चिनियाँ सञ्जालमा पछिल्लो समय पोस्ट भएका दुई भिडियोपछि पितृसत्तात्मक स्वरूपका बारे सबै क्षेत्रमा बहस भएका छन्। ‘हाम्रो समाजमा अहिले पनि महिला हिंसाविरुद्ध सक्रिय जत्था छ। हामीले उनीहरूलाई प्रोत्साहन गर्न जरुरी छ। महिला हिंसा विरुद्धको यो अभियान नै चलाउन जरुरी भएको छ।’
दुई भिन्न घटनामा त्यहाँका दुई जना आफूलाई जोगाउनका लागि देश नै छाडेर हिँडेका थिए।
त्यहाँका धेरै बासिन्दाले यस्ता सवालमा अधिकारीको भूमिकाको बारे असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले लैङ्गिक भेदभावलाई न्यूनीकरण गर्न नसकेको भन्दै जनआक्रोश पनि प्रत्येक दिन बढेको हो।
एउटा रिपोर्टका अनुसार विइबोमा समेत महिला माथि अप्रत्यक्ष हिंसाका घटना भएका छन्। महिला माथिको यो हिंसाको श्रृखलाबद्ध समाचार आए पनि सार्वजनिक विद्रोह भने भएको छैन।
पछिल्लो समय चीनले मानव अधिकार माथि नै हनन् हुने कानुन ल्याएपछि यसको विरुद्धमा ग्रामीण तहदेखि नै आवाज उठाउन कठिन भएको छ।
यसरी प्रत्येक दिन महिला हिंसा र घरेलु हिंसा बढ्न थालेपछि यसले महिला समुदायमा सुषुप्त रूपमा आक्रोश बढ्न थालेको छ। उनीहरूको माझमा कुरा हुन थालेको छ। झाऊकै सवालमा त्यहाँका अधिकारीहरूले विवाह प्रमाणपत्रमा परीक्षण गरेर महिला बेचबिखनलाई नियन्त्रण गर्ने नीति लिएका छन्। रेस्टुरेन्टमा भएको आक्रमणपछि तानसाङमा रात्रिकालीन गस्ती सुरु भएको छ। त्यहाँ प्रहरी प्रमुख पनि बर्खास्त गरिएको छ। त्यहाँका दुवै घटनाका आरोपित गिरफ्तार भएका छन्।
घरेलु हिंसाका अभियन्ता गुवा जीङले लैङ्गिक भिन्नताका आधारमा गरिएको भेदभावमा संलग्न एकलाई गिरफ्तार गरेर जेल चलान गरिएको बताएकी छन्। ‘यस्ता कुरालाई व्यवस्थित रूपले हेरिएको छैन। साथै दीर्घकालीन योजना पनि बनेको छैन। दीर्घकालीन समाधानका लागि कुनै पनि पहल गरिएको छैन,’ उनले भनिन्।
पछिल्लो समय टेनिस स्टार पेङ सुइले आफूमाथि भएको यौन दुर्व्यवहार लुकाएपछि त्यहाँ यस्तो आवाज उठाउन हुने कठिनाइ पनि प्रस्ट भएको छ।
मार्च महिनामा नेसनल पिपुल्स कांग्रेसका केही सदस्यले महिलाको सुरक्षाका लागि कानुनी कडाई अपनाउनु पर्ने तथा महिला बेचबिखनमा संलग्नलाई कारबाही गर्ने माग राखेका थिए। यस्ता आवाजहरू बढ्दै गएपछि प्रदर्शनमा सेन्सरसीप पनि बढेको थियो। तानसाङ घटनापछि लैङ्गिक विषयमा समाजमा अस्थिरता निम्तिन सक्ने भन्दै विइबोले त्यो भिडियो हटाएको थियो।
पर्यवेक्षकका अनुसार स्थानीय महिला अधिकारकर्मी गिरफ्तार गरिएपछि यस विरुद्धमा आवाज अझ कमजोर बनेको छ।
यस्ता अनेकन् घटना छन्, जुन घटनाका कारण चीनको मानव अधिकारसँगै महिला हिंसा र घरेलु हिंसाको विषय चर्चामा आएका छन्। स्रोतः बीबीसी



