असार ७
रसिया युक्रेनको युद्धको कहरबाट संसार आक्रान्त छ। नया‘ समीकरण, नया‘ गठबन्धन र नया‘ गठजोड विश्व रंगमञ्चमा मन्चन भइरहेको छ। रसिया–युक्रेनको युद्ध आउने दिनहरूमा समाप्त भएता पनि ताइवान पनि युद्धको “हट स्पट” हुनसक्ने जानकारको आकलन रहेको छ।
चिनियाँ रणनीति र चिनियाँ सामरिक अभ्यासको बारेमा विश्वमा व्यापक अनुसन्धान र अध्ययनसमेत भइरहेको छ। चीनको बारेमा पश्चिमा भाष्यको माध्यमबाट अध्ययन र अनुसन्धान भइरहेको छ।



कालान्तरमा चिनियाँ नीतिको बारेमा भारतका पूर्व राजराजदूत निरुपमा रावको “फराएकर्चड हिमालयन”, विजय गोखलेको “लेग गेम, श्याम शरणको “हाउ‘ चाइना सी द वल्ड ”ले पनि चीनको सामरिक नीतिलाई आलोकित गर्न प्रयास गरेको देखिन्छ।
रसिया युक्रेनको युद्धको कहरबाट संसार आक्रान्त छ। नया‘ समीकरण, नया‘ गठबन्धन र नया‘ गठजोड विश्व रंगमञ्चमा मन्चन भइरहेको छ।
अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केविन रुडले चिनियाँ नीति र दृष्टिकोणको बारेमा विभिन्न कृति र व्याख्यानको माध्यमबाट आफ्नो विश्लेशण र व्याख्या सार्वजनिक गरेका छन्। केविन रुडले चीनको कम्युनिष्ट पार्टीको उद्देश्यको बारेमा आफ्ना व्याख्यान “अण्डस्टयाण्डीग चाइना” का माध्यमवाट प्रष्ट गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको मनोवल र महत्वकांक्षा उच्च रहेको छ। पार्टीले आफ्नो शताब्दी वर्ष मनाइरहेको अवस्था छ। पार्टीको १९ औं कांग्रेसले केही मौलिक प्रश्नहरू अगाडि सारेका छन्। सन् २०१३ मा राष्ट्रपति सी ले चिनियाँ कम्युनिष्ट पार्टीको बागडोर सम्हालेपछि राष्ट्रपतिको एकल नेतृत्व बलियो भइरहेको अवस्था छ।
माओपछि पार्टीको सैद्धान्तिक विश्लेषण र दार्शनिक दृष्टिकोणको दस्तावेज तयार गर्ने नेता सी नै हुन्। चिनियाँ कम्युनिष्ट पार्टीका ५० लाख सक्रिय कार्यकर्तालाई नीतिगत रुपमा दिशाबोध गर्न राष्ट्रपति सी विभिन्न दस्तावेजको माध्यमबाट पार्टीको लागि रोडम्याप तयार गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको मनोवल र महत्वकांक्षा उच्च रहेको छ। पार्टीले आफ्नो शताब्दी वर्ष मनाइरहेको अवस्था छ। पार्टीको १९ औं कांग्रेसले केही मौलिक प्रश्नहरू अगाडि सारेका छन्।
तदनुरुप चिनियाँ कम्युनिष्ट पार्टीको महत्व, उद्देश्य र नीति १० सूत्रीय बुँदाका माध्मवाट छलङ्ग गरेका छन्। पहिलो प्राथमिकता केन्द्रीय सत्तालाई सवल बनाउनु हो। चिनियाँ इतिहासमा विकेन्द्रित व्यवस्था फलदायक सावित भएको छैन।
केन्द्रीय सत्तालाई सुदृढ बनाउन एकल नेतृत्वलाई बलियो बनाउन चिनियाँ कम्युनिष्ट पार्टीको उद्देश्य रहेको छ। दोस्रो प्राथमिकता अनुसार चिनियाँ गौरवशाली इतिहासलाई फर्काउन तिब्वत, ताइवान, सिनज्याङ्गा र हङ्ककङ्गमा आफ्नो पकड बलियो बनाउन चिनियाँ कम्युनिष्ट पार्टी दृढ सङ्कल्पित रहेको छ।
कम्युनिष्ट पार्टीले यो अभियानलाई “राष्ट्रिय एकता”को अभियानको रुपमा लिएका छन्। तेस्रो प्राथमिकतामा आर्थिक विकास रहेको छ। विश्वको सबैभन्दा ठूलो आर्थिक व्यवस्थाको आकार बन्ने चीनको महत्वकांक्षा रहेको छ। चौथो प्राथमिकतामा वातावरणीय नीति रहेको छ। प्रविधिलाई वातावरण मैत्री बनाउन कम्युनिष्ट पार्टीले निर्देशन गरेको छ। सुरुका दिनमा तीव्र आर्थिक विकासको नाममा वातावरणको व्यापक विनास भएको थियो।
केन्द्रीय सत्तालाई सुदृढ बनाउन एकल नेतृत्वलाई बलियो बनाउन चिनियाँ कम्युनिष्ट पार्टीको उद्देश्य रहेको छ।
वर्तमान परिवेशमा चीनको मुख्य चुनौती नै पार्यावरण संरक्षण र सम्वद्र्धन रहेको छ। पाँचौ चुनौतीमा सैनिकलाई आधुनिकरण गर्नु हो। चीनको सैनिकले सन् १९७९ को भियतनाम युद्ध पश्चात कुनै युद्ध गरेको छैन। सन् १९६२ देखि हालसम्म भारतसँग भिडन्तको अवस्था छ। सैनिक आमुने सामुने छ। दक्षिण चीन सागरमा चिनियाँ जलसेना अमेरिकी जङ्गी अड्डा “सेभेन फिलिट”सँग आमन्नेसामुने रहेको अवस्था छ। अर्थात् चीनको चुनौती यत्रतत्र र सर्वत्र रहेको छ। छैठौं चुनौतीको रुपमा छिमेकीसँगको सम्बन्ध व्यवस्थापन गर्नु हो।
चीनसँग १४ वटा छिमेकीको सीमा जोडिएको छ। रसियाबाहेक हरेक छिमेकीसँग दिन प्रतिदिन कटुता बढिरहेको अवस्था छ। चिनियाँ कम्युनिष्ट पार्टी आक्रमक नीतिमा विश्वास गरेकोले गर्दा पार्टीले चिनियाँ सरकारलाई छिमेकीमाथि दबाब बनाउन दिशानिर्देश गरेको देखिन्छ।
चीन भारत सम्बन्ध यसका प्रतिनिधि उदाहरण हुन्। संसारमा सबैभन्दा अधिक सघन वार्ता गर्ने नेताहरू मोदी र सी मात्रै भएता पनि चीन र भारतको वोर्डरमा तनाव कम भएको छैन। सातौं नीतिमा सामुद्रिक नीति रहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निर्देश अनुसार चीनले आफ्नो वर्चश्व दक्षिण चीन सागरमा दिन प्रतिदिन बढाइरहेको छ। हिन्द महासागरीय क्षेत्रमा सैनिक अड्डालाई बलियो बनाउनुका साथै दक्षिण चीन सागरमा कृतिम टापुको समेत निर्माण गरिरहेको छ। स–साना राष्ट्रहरूलाई थिच्दै मिच्दै अगाडि बढिरहेको छ।
फिलिपिन्सले चिनियाँ दबदबालाई लगाम लगाउन अन्तर्राष्ट्रिय अदालतमा अपिल गरेता पनि चीनमा यसको धरातलीय असर भएन। आठौं योजना अन्तर्गत रेसम मार्ग (बीआरआई) योजनालाई अगाडि बढाउनु हो। यो गुरुयोजना अन्तर्गत अफ्रिकादेखि एशियाका मुलुकमा पूर्वाधार विकास गर्ने हो। ३ ट्रिलियन अमेरिकी डलर भन्दा अधिक राष्ट्रिय बचत रहेको धनराशीलाई लगानी गर्न यो गुरुयोजना अभिप्रेरित रहेको जानकारहरूको बुझाई रहेको छ। हुनत यो योजना अन्तर्गत विश्वमा विभिन्न मुलुक आर्थिक दिवालीयापनको गोरेटोमा गएको छ।
युगाण्डा, श्रीलङ्का र पाकिस्तान उदाहरण हुन्। नवौं योजना अन्तर्गत अन्तर्राष्ट्रिय संघ र संस्थानमा आफ्नो पकड बनाउनु हो। कोभिडताका विश्व स्वास्थ्य संगठन चिनियाँ प्रभावमा रहेको कुरा विश्वका चर्चित छापाखानाले तथ्य सार्वजनिक गरेका थिए। विश्व स्वास्थ्य संगठनमा १४५ अमेरिकाको लगानी भएता पनि नीति निर्माणमा चीनले चलखेल गरेको देखिन्छ। १० औं योजना अन्तर्गत विश्व शासन व्यवस्थामा अमेरिकी र पश्चिमा दबदबालाई निस्तेज गर्नु हो।
चिनियाँ सत्ता यही पदचापमा केन्द्रित रहेको देखिन्छ। तर, चीनको लागि सीको नीति फलदायक देखिएको छैन। देङले खुला बजार र आर्थिक विकेन्द्रिकरणमा जोड दिएर चिनियाँ अर्थतन्त्रलाई विश्व बजारसँग जोड्दै दुई अङ्कको आर्थिक विकास गर्ने वातावरण बनाए। तर, राष्ट्रपति सी पार्टीको दबदबामा आएर केही अप्रिय निर्णय लिएका छन्।
कोभिडताका विश्व स्वास्थ्य संगठन चिनियाँ प्रभावमा रहेको कुरा विश्वका चर्चित छापाखानाले तथ्य सार्वजनिक गरेका थिए। विश्व स्वास्थ्य संगठनमा १४५ अमेरिकाको लगानी भएता पनि नीति निर्माणमा चीनले चलखेल गरेको देखिन्छ।
चिनियाँ कम्युनिष्ट पार्टी चीनियाँ भाषा अनुसार “कुमथुगयुग” नीतिमा विश्वास गर्दछ। कुमथुगयुग भन्नाले सार्वजनिक हित बुझिन्छ। यही सिद्धान्तका आधारमा अलिबाबा र ज्याकमा जस्ता भीमकायी कम्पनीमा चिनियाँ कम्युनिष्ट पार्टीले लगामकसे। यही सिद्धान्त अनुरुप घाटामा रहेका कम्पनी र नाफामा रहेका कम्पनीबीच मर्जरको योजना चलाए। यही नीतिको कारणले चीनमा व्यापक पूँजी विस्थापित भइरहेको अवस्था छ। निजी क्षेत्र निरुत्साहित हुन बित्तिकै उत्पादन कम भइरहेको अवस्था छ। २० औं कांग्रेसमा राष्ट्रपति सी बढी आक्रमक हुने र त्यसको पराकम्पन विश्व राजनीतिमा हेर्न सकिने कुरा जानकारको बुझाई रहेको छ।



