चीनको याङ्जे नदीमा तीन करोड माछा छोडियो

२०७९ जेष्ठ २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

जेठ २४

चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको याङ्जे नदीमा सोमबार ३ करोडभन्दा बढी माछालाई छोडिएको छ । हुबेई प्रान्तीय सरकारका अनुसार यी माछाहरूमध्ये चिनियाँ स्टरगेन र यसबाट सुधारिएको प्रजाति लगायत केही संरक्षित प्रजातिहरू पनि छन् ।
कृषि तथा ग्रामीण मामिला मन्त्रालय, हुबेई प्रान्तीय सरकार र थ्री गर्जेस ग्रपले संयुक्त रूपमा माछा भण्डार बढाउन र जलीय जैविक विविधताको संरक्षण गर्न यस गतिविधिको आयोजना गरेको थियो ।
कृषि तथा ग्रामीण मामिला सम्बन्धी प्रान्तीय विभागका अनुसार सन् २०१६ देखि हुबेईले आफ्ना नदी तथा तालहरूमा दुई अरबभन्दा बढी माछाहरूलाई छोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय