जेठ १८,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रुभल रेटिङ कोभिड–१९ महामारीयता कै उच्च देखिएको छ । लोकल सर्कल ले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूरा गरेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा सहभागी ६४ हजार मानिसमध्ये ६७ प्रतिशले मोदीले कठिन समयमा आफ्ना बाचा पूरा गरेको बताए । कोभिडका कारण अस्पताल र शवगृह अस्तव्यस्त हुँदा मोदीले आफ्ना बाचा पूरा गरेको ती सहभागीले बताए। ।
मोदीको अप्रुभल रेटिङ सन् २०२१ मा ५१ प्रतिशत र २०२० मा ६२ प्रतिशत थियो । सोही समयमा भारत महामारीसँग लडिरहेको थियो । के भारत सरकार कोभिड–१९ संक्रमणको तेस्रो लहरलाई ह्यान्डल गर्न राम्रोसँग तयार थियो ? भन्ने प्रश्नको जबाफमा अधिकांश सहभागीले सकारात्मक जवाफ दिएका थिए ।
३७ प्रतिशतले बेरोजगारी व्यवस्थापनमा सरकारमाथि विश्वास बढेको बताए भने ७३ प्रतिशतले भारतमा आफ्नो र आफ्नो परिवारको भविष्यप्रति आशावादी रहेको बताए। । त्यस्तै, ५० प्रतिशतले भारतमा व्यवसाय गर्न सहज भएको बताएका थिए भने ६० प्रतिशतले साम्प्रदायिक सद्भाव सुधार गर्न सरकार प्रभावकारी भएको उल्लेख गरे ।
यो मूल्यांकन मोदी सरकारको लागि सुखद सावित हुनेछ । सन् २०२४ मा हुने लोकसभा निर्वाचन मार्फत मोदी नेतृत्वको भाजपा पुनः शक्तिमा आउने दाउमा रहेको छ ।






