भारतीय सेना प्रमुखद्वारा कश्मीरस्थित सीमाक्षेत्रको भ्रमण

२०७९ जेष्ठ १७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

जेठ १७
भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेले कश्मीरस्थित सीमाक्षेत्रको भ्रमण गरेका छन् ।

उनले पाकिस्तानसँग सीमा जोडिएको नियन्त्रण रेखाको भ्रमण गरी त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
भ्रमणका क्रममा उनले स्थानीय सुरक्षा अधिकारीहरुसँग सुरक्षा अवस्थाबारे छलफल समेत गरेको एएनआइले जनाएको छ । यसबाहेक नियन्त्रण रेखामा पछिल्लो युद्धविराम सम्झौताको अवस्थाबारे समेत जानकारी लिएको जनाइएको छ ।

उनले त्यहाँ तैनाथ सैनिकहरुलाई सतर्क रहन तथा नियन्त्रण रेखाको मर्यादालाई जोगाउन आग्रह गरेका थिए । कश्मीरमा रहँदा उनले भारतीय सैनिकको उच्च मनोबलको प्रसंशा गरेको एएनआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय