जेठ ११
भारतले करिब ९,००० मेट्रिक टन चामल, ५० मेट्रिक टन दूधको धुलो र २५ मेट्रिक टनभन्दा बढी औषधि, चिकित्सा सामाग्री लगायत गरी श्रीलंकामा २ अर्ब भन्दा बढीको मानवीय सहायता पठाएको छ ।



९ हजार मेट्रिक टन चामल, ५० मेट्रिक टन दूधको धुलो र २५ मेट्रिक टनभन्दा बढी औषधि र अन्य स्वास्थ्य सामाग्री रहेको उक्त खेप उच्चायुक्त गोपाल बागले ले श्रीलंका सरकारको वरिष्ठ नेतृत्वलाई हस्तान्तरण गरेका छन ।
मे १८ मा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले चेन्नई बन्दरगाहबाट यो खेप पठाएका थिए। तमिलनाडु सरकारले प्रतिबद्धता गरेको ४०,००० मेट्रिक टन चामल, ५०० मेट्रिक टन दूधको पाउडर र औषधि अन्तर्गतको यो पहिलो खेप हो ।
यो सामाग्री श्रीलंका सरकारद्वारा उत्तरी, पूर्वी, मध्य र पश्चिमी प्रान्तसहित देशभर आवश्यकता अनुसार वितरण गर्नेछ। समाजका विभिन्न वर्गहरुलाई समेट्ने गरी यो उद्धार सामाग्री वितरण गरिने बताइएको छ ।
भारतीय जनताको यो सहयोगले दुई पक्षीय सम्बन्धलाई झनै परिभाषित गरेको छ । भारत सरकारबाहेक भारतका धेरै निजी र सामाजिक संस्थाहरूले श्रीलंकालाई अन्य थप सामाग्री सहयोग प्रदान गरेको छ ।
यो सहयोग भारतीय सरकारले गरेको आर्थिक सहयोग भन्दा बाहिर हो । यस वर्षको जनवरी यता भारतले ३.५ अर्ब अमेरिकी डलरको आर्थिक सहयोग गरेको छ श्रीलंकालाई । यसबाहेक, औषधि र सुख्खा राशनलगायतको सामाग्रीसमेत भारत सरकारले पठाएको छ ।



