
साउन १४
भारतीय सेनाको आयोजनामा सञ्चालन हुने ‘डुरान्ड कप टुर्नामेन्ट–२०२४’ फुटबल प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडीहरू भारत प्रस्थान गरेका छन्।
१३३ औँ संस्करणको उक्त फुटबल प्रतियोगितामा सहभागी हुन प्रस्थान गरेका उक्त टोलीमा पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वमा त्रिभुवन आर्मी क्लबका खेलाडी तथा अफिसियल गरी ४२ जना सम्मिलित छन्।
यही साउन ११ गतेदेखि १५ (तदनुसार २६ जुलाइदेखि भदौ २५) सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतको ‘ए लेभल’ का फुटबल क्लबहरूसँग प्रतिस्पर्धा गर्नेछ।


