राष्ट्रपति रनिङ शिल्डको उपाधि लिलारामलाई

२०८१ पुष २९, सोमबार
पढ्ने समय : 2 मिनेट

भैरहवा, पुस २९
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न अन्तरविद्यालय नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को उपाधी रुपन्देही लिलाराम माध्यमिक विद्यालयले हात पारेको छ । बिजयी सगैं लिलारामले प्रतियोगिताको रनिङ सिल प्राप्त गर्न सफल भएको छ । त्यस्तै मुनलाइट आवसिय माध्यमिक विद्यालय द्धितिय र काशी नोबल एकेडेमी तृतीय भएका छन् । ११ स्वर्ण, १२ रजत, १० काश्य पदक प्राप्त गरी लिलाराम माध्यमिक विद्यालय प्रथम भएको हो । त्यस्तै १० स्वर्ण, ७ रजत र ५ काश्य पदक प्राप्त गर्दै मुनलाइट द्धितीय भएको हो । भने ४ स्वर्ण, ३ रजत र ६ काश्य पदक सहित काशी नोबल एकेडेमी तृतीय भएको हो । प्रतियोगिता अन्तर्गत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल भएका थिए । भलिबलतर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टीमको सहभागिता रहेको थियो । त्यस्तै, कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागिता रहेको थियो । तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागिता रहेको थियो । एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागिता रहेको थियो । प्रतियोगिता अवधिभर ४२ वटा इभेन्टमा खेल भएका थिए । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा अधिकृत जानवी पाण्डेले जानकारी दिईन । सबै इभेन्टतर्फ प्रथम, द्वितिय र तृतियलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता सञ्चालनका लागि तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिथी, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्रबहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको थियो । तिनदिने प्रतियोगिताको समापन गर्दै सिद्धार्थनगर नगपालिकका प्रमुख इस्तियाक अहमद खानले धैर्यता र अनुशासन नै मानिसको सफलताको कडि भएको बताए । उनले बिजयी खेलाडीलाई बधाई दिदै उपबिजेताहरुलाई अझ मेहनत गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले प्रत्येक विद्यार्थीहरु अनुशासीत हुनुपर्ने कुरा बताउँदै, राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न शुभकामना व्यक्त गरीन् । प्रमुख प्रशासकिय अधिकृत जनक थापाले पछिल्लो समय यो राष्ट्रपति रनिङ शिल स्थानीय सरकारको गौरवको रुपमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय