गृहमन्त्री खाँण सँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता

२०७८ फाल्गुन २८, शनिबार
पढ्ने समय : < 1 मिनेट

फागुन २८
गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी को पक्षमा खुलेरै वकालत गर्दै हिँडेका बेला नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले गृहमन्त्री खाँण सँग शिष्टाचार भेटघाट गरेकी छिन् । शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तामा चिनियाँ उच्च पदस्थ अधिकारी को नेपाल भ्रमणबारे कुराकानी भएको गृहका एक अधिकारीले जानकारी दिएका छन । ती अधिकारीले भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको बताएका छन । चिनियाँ विदेशमन्त्री वाङ यीको अहिलेसम्म नेपाल भ्रमणबारे औपचारिक निर्णय भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय