लुम्बिनी साँस्कृतिक नगर पालिका का प्रमुख चौधरी द्धारा नागरिकता सम्बन्धी समस्या समाधान मा समर्थन

२०७८ फाल्गुन २७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

 

भैरहवा, फागुन २७
जय जनता हेल्प फाउण्डेशन लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १ खुनगाई, रुपन्देही ले नागरिकता सम्बन्धी समस्या समाधान गर्न माग गरेको छ । फाउण्डेशन ले उक्त माग राख्दै बिहीबार लुम्बिनी सांस्कृतिक नगरपालिका का नगर प्रमुख मनमोहन चौधरी मार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ ।

विशेष गरी तराई–मधेश मा बसोबास गर्ने आम नेपाली नागरिकहरु नागरिकता बाट वञ्चित रहँदा नागरिक शिक्षा, रोजगारी लगायत राज्य बाट प्राप्त हुने अन्य सेवासुविधा बाट वञ्चित हुनु परेको जय जनता हेल्प फाउण्डेशन का अध्यक्ष ओम प्रकाश कुर्मीले बताउनु भएको छ । कुर्मीले नागरिकता सम्बन्धी समस्या समाधानका लागि नागरिकता विधेयक आवश्यक रहेको बताउनु भयो ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख चौधरी ले जति सक्दो छिटो ज्ञापन पत्र गृह मन्त्रालय मा पठाउने बताउदै नागरिकता सम्बन्धी समस्या समाधान मा आफनो पुर्ण समर्थन रहेको बताउनु भयो ।
नगर प्रमुख चौधरी ले संविधान जारी भएको लामो समय भइसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका लाखौं नेपालीका सन्तानहरु अझै पनि नागरिकता विहीन रहनु दुःखको कुरा भएको बताउनु भयो ।
‘यस समस्या समाधान मा गृहमन्त्री बालकृष्ण खाण को पहल कदमी प्रति आफनो तर्फ बाट उच्च सम्मान का साथ हार्दिक आभार प्रकट गर्दछु नगर प्रमुख चौधरी ले भन्नु भयो । ज्ञापनपत्र बुझाउने कार्यक्रम मा फाउण्डेशनका अध्यक्ष ओमप्रकाश कुर्मी, समाजसेवी भावेश चौधरी (सुरज बाबु), प्रहलाद श्रीपति लगायत को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय