माधव नेपालको आरोप ः ट्रम्पले ओलीलाई ’ट्र्याप’ मा पारेर चीन विरोधी काममा संलग्न गर्न खोजेका थिए

२०७८ फाल्गुन १८, बुधबार
पढ्ने समय : 2 मिनेट

 

फागुन १८
– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका का तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ’ट्र्याप’ मा पारेर नेपाललाई चीन विरोधी क्रियाकलाप सञ्चालन गराउन खोजेको आरोप लगाउनु भएको छ । एमसीसी सम्झौता बारेमा पार्टीको धारणा सार्वजनिक गर्न काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

अमेरिकामा राष्ट्रपति परिवर्तन भएसँगै आफूहरूले निरन्तर कुरा उठाएसँगै नेपाल लाई इन्डोप्यासेफिक रणनीति बाट हटाइएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘डोनाल्ड ट्रम्पको पालामा केपी ओली ट्र्यापमा परेका थिए । नेपाललाई चीन विरोधी क्रियाकलापमा संलग्न गराउने कुरामा केपी ओली फसेका थिए । त्यसपछि हामीहरूले करा उठायौँ । अमेरिकामा पनि राष्ट्रपति परिवर्तन भए । विभिन्न घटनाक्रमलाई विचार गरिसकेर एमसीसी आईपीएसको हिस्सा होइन भनेर अमेरिकाले प्रष्ट पा¥यो । केही पनि होइन भनेर अहिले केपी ओलीले भनिरहेका छन् । त्यो शतप्रतिशत गलत हो ।’

यसैबीच अध्यक्ष नेपालले एमसीसी सम्झौतासँगै संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाले कानुनी मान्यता पाउने बताउनु भएको छ । नेकपा (एमाले) को समेत सम्झौतामा औपचारिक विरोध नभएकाले सम्झौता दुई तिहाइ भन्दा बढी मतले पारित भएको उहाँले दाबी गर्नुभयो । सम्झौता अनुमोदन पछि अमेरिका र छिमेकी देश चीनको समेत सकारात्मक प्रतिक्रिया आएको उहाँले बताउनुभयो ।
जनतामा एमसीसीबारे भएका भ्रमहरूको व्याख्यात्मक घोषणाले प्रष्ट पारेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसै–कसैले यो व्याख्यात्मक घोषणालाई केही पनि होइन भनेर प्रचार गर्न खोजेका छन्, । त्यसलाई अन्तर्राष्ट्रिय सन्धिसम्बन्धी व्यवहारको ज्ञान नभएका अज्ञानीहरूको कुरा मात्रै हो । उनलाई यो पनि ज्ञान छैन कि नेपालमा २०७७ सालमा सन्धि सम्बन्धी नियमावली जारी भएको थियो । त्यो नियमावलीले एउटा फर्मा्म्याट अगाडि सारेको थियो । त्यही फर्माम््याटको आधारमा कुनै पनि सन्धिको साथमा त्यसलाई प्रस्तुत ग¥यो भने त्योसँग जोडिन पुग्दछ भन्ने व्यवस्था गरेको थियो । त्यही व्यवस्था गरेको आधारमा व्याख्यात्मक घोषणा तयार भएको हो र प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बसाएर त्यसलाई स्वीकार गरेर नेपाल सरकारले स्वीकार गरेर, प्रतिबद्धता व्यक्त गरेर सिङ्गो संसदले प्रस्तुत गरेको छ, केपी ओलीका ले पनि विरोध एक शब्द गरेनन् त्यहाँ । अत्यधिक दुई तिहाइ बाट संसदले अनुमोदन गरिसकेपछि र त्यसको बारेमा अमेरिका र चीनले पनि सकारात्मक प्रतिक्रिया दिइसकेपछि यसको केही पनि अर्थ छैन भन्ने ? यत्रो जनताको बीचमा फैलिरहेको भ्रमलाई चिर्नुपर्ने आवश्यकता पर्दैन ? त्यसैले यी १२ वटा विषयमा ती जम्मै भ्रमहरू चिर्ने कोसिस भएको छ । व्याख्यालाई प्रष्ट पार्न खोजिएको छ ।’

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष नेपालले आफूहरू सभामुख अग्निप्रसाद सापकोटाको राजीनामाको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । सभामुखको पक्षमा एकीकृत समाजवादी दृढताको साथमा उभिने उहाँको भनाइ छ । सभामुख सापकोटाले संसदको गरिमा र सांसदहरूको अधिकारको रक्षा गरेको भन्दै उहाँले सभामुखको राजीनामा गराउने कुरा नचिताउन चुनौती दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय