माघ ४
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक ले भारत सरकारले नेपाली भूमि लिपुलेक क्षेत्रमा गरेको सडक निर्माण आपत्तिजनक रहेको बताउनु भएको छ ।



नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ को नियमित पहिलो बैठक मा नेता रज्जाक ले भारत ले एक तर्फी रुपमा नेपाली भुमी लिपुलेक मा निर्माण गरेको सडक अविलम्ब रोक्नुपर्ने बताउनु भयो ।
पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहनु भएका रज्जाकले नेपाली कांग्रेस को धारणा स्पष्ट रहेको बताउदै सीमा सम्बन्धी प्रश्न को हल ऐतिहासिक तथ्यका आधारमा कुटनीतिक संवाद मार्फत गर्दै नेपाल सरकार ले तत्काल लिपुलेक, लिम्पियाधुरा र कालापानी मा आफ्नो भोग अधिकार स्थापित गर्न पहल कदमी लिनुपर्र्ने बताउनु भयो ।’
सदस्य रज्जाक ले अहिलेको सरकारले एमसीसी पास गरे मा आगामी तीनै तहको चुनाव मा ठुलो मुल्य चुकाउन कांग्रेस बाध्य हुने बताउनु भयो ।
एमसीसी जति नै देशका लागि हितकर भए पनि जनता मा भ्रम फैलिएको तर्क गर्दै रज्जाक ले भ्रम लाई चिर्न सत्ता तथा विपक्ष दल संग बृहत छलफल आवश्यक रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेस राष्ट्रियता बोकेर अघि बढ्ने पार्टी भएको दावि गर्दै नेता रज्जाक ले चुनाव का लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिनु भएको छ् ।
नेता रज्जाक ले मतदाता नामावली संकलन गराउने, अद्यावधिक गराउने, टोल विकास गठन गर्ने, पालिका, जिल्ला र प्रदेश लाई नियमित बैठक गर्न आग्रह गर्दे कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेकोले आवश्यक सर्तकता अपनाउन सबै लाई सचेत गराउनु भएको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति हिरा के.सी.को अध्यक्षता, कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक को प्रमुख आतिथ्यता, रहेको बैठक मा रुपन्देही जिल्ला सचिव हरि काफ्ले, जिल्ला सह सचिव बासुदेव रिमाल, क्षेत्रीय उप सभापतिहरु नविन राज अर्याल, मदन प्रसाद पोख्रेल, महासमिति सदस्यहरु फणिन्द्र प्रसाद शर्मा, गंगा शाही, पूर्व क्षेत्रिय सभापति विश्वनाथ यादव लगायत को सहभागिता रहेको थियो ।
बैठक कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सचिव विजय गुरुङ ले सचालन गर्नु भएको थियो ।



