चीनको राष्ट्रिय एकतामा बाधा पु¥याउने गतिविधि प्रति हाम्रो विरोध रहन्छ ः माओवादी केन्द्र का अध्यक्ष दाहाल

२०७९ श्रावण २०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

साउन २०,
नेकपा माओवादी केन्द्रले अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले वक्तव्य जारी गर्दै नेपाल र नेकपा माओवादी केन्द्र ’एक चीन नीति’ प्रति प्रस्ट भएको जनाएको हो ।
ताइवानमा भएका पछिल्ला घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै माओवादी केन्द्रले भनेको छ, ’ हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रस्ट छ। चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’
चीनले ताइवानलाई आफ्नै भूभागका रूपमा दाबी गर्दै आएको छ । राष्ट्रपति सी चिनफिङ लगायतका चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताले ताइवानलाई एकीकरण मार्फत चीनमा गाभिने बताउँदै आएका छन् ।

अमेरिकी सभामुख आफ्नो एसिया भ्रमणका क्रममा शुक्रबार ताइवान पुगेकी थिइन् । सभामुख पेलोसीले भने ताइवानको यथास्थितिलाई परिवर्तन गर्न आफ्नो भ्रमण नभएको स्पष्टीकरण दिएकी थिइन् । तर उनले ताइवानलाई तहसनहस हुन नदिनेचाहिँ बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय