भारतबाट फर्केपछि प्रचण्डले भने ः भ्रमण सोचेभन्दा राम्रो र सफल भयो

२०७९ श्रावण १, आईतवार
पढ्ने समय : < 1 मिनेट

साउन १ ,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भएको बताएका छन्।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भएको तीन दिने भ्रमण सकेर फर्के पछि त्रिभुवन विमानस्थलमा उनले यस्तो बताएका हुन्।

’मैले भ्रमणमा जाँदा नेपालको हितमा राखेर, केन्द्रबिन्दुमा राखेर काम गर्नेछु भनेको थिएँ। दिल्लीमा नेताहरु पत्रकारहरुसँग भेट हुन्छ भनेको थिएँ’, उनले भने, ’भ्रमण अपेक्षाअनुसार सफल भएको छ। मेरो भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ।’

उनले भारतीयबाट पाएको सम्मान र सुरक्षा व्यवस्थाबाट आफू खुसी भएको बताए। ’मलाई गरिएको जुन सम्मान र सुरक्षा व्यवस्थाबाट म खुसी भएँ’, उनले भने, ’यहाँबाट गएकै दिन मेरो विदेश सचिवसँग भेट भएको थियो। उहाँसँग डिनरसहित छलफल गरेँ।’

g]kfn sDo’lgi6 kf6L{ -dfcf]jfbL s]G›_sf cWoIf k’iksdn bfxfn …k|r08Ú ef/tsf] tLglbg] e|d0fsf qmddf lqe’jg cGt//fli6«o ljdfg:yndf ;~rf/sdL{;Fu ;ªlIfKt s’/f ub}{ . tl:a/ /Tg >]i7÷/f;;

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय