असार ३१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफ्नो भारत भ्रमण सद्भावना भ्रमण भएको बताएका छन्।
भारतको नयाँ दिल्ली उड्नुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित हुने बताए।
नेपाल र भारतबीच देखिएका विभिन्न समस्याहरुलाई कुटनीतिक माध्यबाट समस्याको समाधान गर्नेगरी भारतीय पक्षसँग छलफल गर्ने उनले बताए।



प्रचण्डले आफ्नो भारत भ्रमणलाई हालै नेपालमा भएको चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुको भ्रमणसँग नजोड्न आग्रह गरेका छन ।
उनले भने,.’ चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउनु अगावै मेरो भारत भ्रमण तय भएको थियो। यसलाई अन्यथा लिनु हुँदैन।’



