काँग्रेस र कम्युनिष्टले मधेसलाई बारम्बार धोका दिए, अब मधेसवादीहरुसँगै गठबन्धन हुन्छ– जनमत पार्टी

२०७९ जेष्ठ २७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

जेठ २७
डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी प्रदेश तथा प्रतिनिधि सभा को निर्वाचनमा मधेसवादी दलहरूसँगै गठबन्धन गर्ने निर्णय गरेको छ । जनकपुरधाम स्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णयसमेत गरेको नेता बिपि साहले बताए ।

स्थानीय निर्वाचनमा दुई–दुईवटा गठबन्धन रहेकोमा जनमत पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिँदा अपेक्षित परिणाम आउन नसकेकाले आगामी निर्वाचनको लागि जनमत पार्टी अरू पार्टीसँग गठबन्धन गर्न खुल्ला रहने निर्णय गरेको नेता साहले बताए ।

राष्ट्रिय, प्रादेशिक, जिल्ला वा निर्वाचन क्षेत्र मध्ये कुनै स्तरमा गठबन्धन हुनसक्ने भन्दै साहले भने, ‘कांग्रेस र कम्युनिष्टहरूले मधेसीहरूलाई बारम्बार धोका दिएकोले अब तराई–मधेस केन्द्रित दलहरूसँगै गठबन्धन हुनेछ ।’ गठबन्धनको निर्माण गरी संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले किसान आन्दोलन लगायत तराई–मधेसका सवालमा संयुक्त आन्दोलन गर्ने निर्णय गरेको साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय