महासंघको उद्योग वाणिज्य दिवस, भारतीय उद्योग परिसंघ अध्यक्ष पुरी नेतृत्वमा लगानीकर्ता आउने

२०८० चैत्र २६, सोमबार
पढ्ने समय : < 1 मिनेट

चैत २६
नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस उद्घाटन कार्यक्रममा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने भएको छ ।

यस पटकको साधारणसभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट सञ्जीव पुरी वक्ताका रुपमा रहनेछन्। साधारणसभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ता सहभागी हुने महासंघले जनाएको छ।

चैत २८ मा ८ः३० बजे तय भएको उद्घाटन कार्यक्रमपछि प्रमुख राजनीतिक दलहरुलाई निम्त्याइएको महासंघले जनाएको छ। यसअघि ९ः३० मा तय भएको उद्घाटन कार्यक्रम ८ः३० लाई सारिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय