मुक्तिनाथ केबलकार सिंगापुरको कम्पनीले लगानी गर्ने, निर्माणको जिम्मा ईपीसीएफ मोडलमा भारतीय कम्पनीलाई

२०८० पुष २९, आईतवार
पढ्ने समय : 2 मिनेट

पुस २९
मुक्तिनाथ केबल कार निर्माणको लागि मुक्तिनाथ दर्शन प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ।
प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले डीपीआर लगानी बोर्डको कार्यालयमा बुझाइसकेको छ। प्रालिका अनुसार अहिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदन समेत तयार भइसकेको छ।

प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस भइसकेको छ। मन्त्रालयले अब केही सयममा नै राय सुझावका लागि प्रतिवेदन सार्वजिनक गर्ने तयारी गरेको छ।

केबलबार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रस्तावित केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर हुने छ। केबलकार कास्कीको नयाँपुलबाट घोरेपानी–तातोपानी–जोमसोम–कागबेनी हुँदै मुक्तिनाथसम्म जडान हुने छ।

मुक्तिनाथ दर्शन प्रालिले अहिलेसम्म केबलकार निर्माणमा ४० करोड रुपैयाँ खर्च भइसकेको दाबी गरेको छ। यो केबलकारको विभिन्न स्थानमा स्टेसन जडान गरी झर्ने र चढ्ने व्यवस्था गर्ने योजना छ।

केबुलकारमा टप टु बटममा १९ वटा स्टेसन हुनेछन्। यीमध्ये ८ स्टेसनमा अनिवार्य ओर्लिनुपर्ने छ। ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था गर्ने गयारी गरिएको प्रालिले जनाएको छ।

केबलकार निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा साढे ५ वर्षअघि नै लगानी बोर्ड र कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए। त्यतिखेर केबलकार बनाउन ३९ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।

अहिले केबलकार बनाउन आवश्यक रकम व्यवस्थापनलको काम गरिरहेको छ। कम्पनीले विदेशी लगानीसमेत लगाउने तयारी अन्तिम चरणमा पुर्याएको छ। कम्पनीले ४५ प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने र ५५ प्रतिशत लगानी संस्थापक लगानीकर्ताहरुबाट उठाउने योजना बनाएको छ।

५५ प्रतिशतलाई सतप्रतिशत मानेर ५० प्रतिशत लगानी विदेशी कम्पनीबाट ल्याउने तयारी प्रालिले गरेको छ। प्रालिले स्रोतका अनुसार संस्थापक सेयर लगानीको हकमा सिंगापुर स्थित एक कम्पनी मार्फत ५० प्रतिशत लगानी आउने गरी सेयर खरिद बिक्रीको तयारी गरेको छ।

२०८१ को बैशाखमा हुने लगानी सम्मेलनमा नै विदेशी कम्पनीसँग सम्झौताको तयारी कम्पनीको छ। जुन लगानीको ५.५ प्रतिशत हुनेसमेत कम्पनीले जनाइसकेको छ। कम्पनीले जग्गा खरिदको लागि बैना गर्ने काम सकेको र रकम भुक्तानी गर्दै प्रालिको नाममा जग्गा नामसरी गर्ने प्रक्रियामा पुगेको दाबी गरेको छ।

परियोजना लागतको २० प्रतिशत इक्विटी (स्वपुँजी) र ८० प्रतिशत कर्जामा रहने अनुमानसहित योजनाहरु अगाडि बढाएको छ। स्वपुँजीको ४५ प्रतिशत सेयर आईपीओमार्फत बिक्री गरिने र ५५ प्रतिशत प्रवद्धकहरुको सेयर हुने सर्तको अनुमति साधारण सभाबाट पाइसकेको प्रालिले जनाएको छ।
प्रालिले यो परियोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी गरेको छ। प्रालिले ठेक्का तथा कर्जा व्यवस्थापनको सर्त सहित भारतको हैदरावाद स्थित के एण्ड आर रेल इन्जिनियरिङ सँग ईपीसीएफ मोडलमा सम्झौता गर्न प्रारम्भिक सहमतिमा हस्ताक्षर गरेको जनाएको छ।

जसमा मुख्य तीन वटा सर्त रहेका छन्। केबलकार प्रणाली कम्पनीले स्वीकृत गरेको मात्र हुने पाउने र केबलकार प्रणाली खरिदको मूल्य निर्धारणको वार्तामा कम्पनी सहभागी हुनेछ। यसैगरी कर्जा भारतीय रुपैयाँमा उपलब्ध हुनुपर्ने सर्त राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय