कात्तिक ६,



पूर्वक्षेत्रमा सञ्चालित मैदा उद्योगहरु गहुँको अभावमा बन्द हुने अवस्थामा पुगेको बेला गहुँ आयात सुरु भएपछि उद्योगहरु पुनः सञ्चालनमा आएका छन् ।
उद्योग बन्द हुने अवस्था आएपछि नेपाल सरकारको आग्रहमा भारत सरकारले करिब ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा दिएपछि मैदा उद्योगहरु सञ्चालन हुन थालेका हुन् ।
यस वर्ष पर्याप्त गहुँ उत्पादन नभएको र गहुँको मुल्य बढ्न थालेकाले ट्रेडरहरुले गहुँ संचिति गर्न थालेपछि गहुँको अभाव हुन थालेको थियो । विगत ३ महिनादेखि गहुँ आयात हुन थालेको र अहिलेसम्म करिब १ लाख मेट्रिक टन गहुँ आयात भइसकेको नेपाल फ्लोर मिल एशोसिएशनका केन्द्रिय सचिव विकास बेगवानीले जानकारी दिए।
गहुँ आयात हुन थालेपछि अहिले ४४ रुपैयाँ प्रति किलोमा स्थिर रहेको छ । गत वर्ष यसै समयमा गहुँको मुल्य ६४ रुपैयाँ प्रति किलोसम्म पुगेको थियो । गहुँको संचिती गर्ने प्रवृत्ति बढेपछि गहुँको मुल्य ४२ रुपैयाँ प्रति किलोबाट बढेर ४७ रुपैयाँ प्रति किलोसम्म पुगेको थियो ।
नेपालमा करिब ९ लाख मेट्रिक टन गहुँ आवश्यक पर्नेमा करिब ३ लाख मेट्रिक टन न्यून हुँदै आएकोमा मैदा उद्योगीहरुले ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा माग्न आग्रह गर्दै आएका थिए



