भारतीय सहयोग मा सयौं सामुदायिक विकास परियोजना सम्पन्न

२०८० कार्तिक ३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

कात्तिक ३,

भारतले नेपालका सयौं सामुदायिक विकास परियोजनामा ठूलो लगानी गरेको जनाएको छ । सन् २००३ देखि हालसम्मको २० वर्षको अवधिमा ५४६ वटा उच्च महत्वका त्यस्ता परियोजनामा सहभागी भएको जानकारी दिइएको छ ।

तीमध्ये सबैभन्दा धेरै विद्यालय भवन निर्माणमा आर्थिक सहयोग गरिएको जनाइएको छ । राजधानीको बालुवाटारदेखि कर्णालीका कतिपय दुर्गम जिल्लामा समेत विद्यालय र पुस्तकालय निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासलाई उल्लेख गर्दै इण्डिया न्युज नेटवर्कले जनाएको छ ।

हालसम्म भारतले ४८३ वटा त्यस्ता परियोजना सम्पन्न गरिसकेको छ । तीमध्ये बागमती प्रदेशमा १०५ वटा छन् । दूतावासले यसबीचमा ९७४ वटा एम्बुलेन्स, २३४ वटा स्कुल बस पनि उपलब्ध गराएको जानकारी दिएको छ । तीमध्ये राजधानी काठमाडौंमा मात्र ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस काठमाडौंमा प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय