दार्चुला मा भारत ले तटबन्ध बनाउँदा सरकार नबोल्नु लाजमर्दो ः भीम रावल

२०७८ फाल्गुन २९, आईतवार
पढ्ने समय : < 1 मिनेट

 

 

 

 

२९ फागुन
प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका धेरैजसो सांसद नाराबाजी गरिरहँदा एमाले सांसद भीम रावलले भने सभामुखसँग समय मागेर बोलेका छन ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरेका छन ।
सांसद रावल ले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकार को आवाजलाई बन्द गर्न पनि माग गरे का छन।

सासद रावल ले दार्चुला जिल्ला को बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सो सम्बन्धमा सरकार ले संसदमा जवाफ दिनुपर्ने माग गरेका छन ।

‘भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु यो लाजमर्दो कुरा हो । नेपाल सरकार को यसतर्फ गम्भीर रुपले ध्यानाकर्षण गराउँछु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय