रसुवा नाका बाट नेपालमा आयात हुने सामाग्रीको परिमाण बढाउन चिनियाँ पक्ष सहमत

२०७८ फाल्गुन २८, शनिबार
पढ्ने समय : < 1 मिनेट

फागुन २८,
– रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामाग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र चिनको केरूङ जिलुङ प्रान्तका सीमा अधिकारी बीच भएको भर्चुअल वार्तामा नेपाल भित्रिने चिनियाँ सामाग्रीको आयातको परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

नौ वटा कन्टेनर मार्फत भइरहेको आयात लाई वृद्धि गरी आउने मंगलबार देखि दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उहाँले बताउनुभयो । चिनियाँ सामाग्रीको आयात परिमाण बढ्ने भएपछि यहाँका व्यापारी र व्यवसायी लगायत सबैमा उत्साह बढेको छ ।

कोरोना सङ्क्रमण पश्चात् सीमा क्षेत्रको मितेरी पुलमा आवत जावत बन्द भए पनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टेनरबाट आयात सुरू गरेको थियो । दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनर मार्फत सामाग्री ल्याउन थालेपछि नेपालतर्फ रहेको २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा बढेको नेपाली व्यवसायीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय