भारतको आदित्य एल–१ सूर्यतर्फ अघि बढ्यो, इसरोद्वारा सौर्य मिसन प्रक्षेपण

२०८० भाद्र १६, शनिबार
पढ्ने समय : < 1 मिनेट

भदौ १६

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिवार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्री हरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एल–१ प्रक्षेपण गरिएको हो।

यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ । आदित्य एल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।
यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन ।

आदित्य एल–१ जहाँ पुग्नु पर्ने छ, त्यसको दुरी पृथ्वीभन्दा १५ लाख किलोमिटर टाढा छ ।

पृथ्वीबाट सूर्यको दूरी १५.१ करोड किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय