खुम्बु क्षेत्र जाने भारतीयको संख्या बढ्दै, दैनिक पाँच सयभन्दा बढी पर्यटक पुग्न थाले

२०८० बैशाख ११, सोमबार
पढ्ने समय : < 1 मिनेट

बैशाख ११

पर्यटक सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा पश्चिमी देशका पर्यटकहरुसँगै भारतीय पर्यटकको आवगमनमा वृद्धि भएको छ। हवाई यातायातमार्फत दैनिक पाँच सय भन्दा बढी पर्यटकको आवगमन हुँदै आएको विमानस्थल प्रमुख महेश श्रेष्ठले बताए।
‘अहिले मौसमले पनि साथ दिएको छ। यस अघि पश्चिमा मुलका पर्यटकको चलहपहल हुँदै आएकोमा एक साता यता भारतीय पर्यटकको पनि आवगमन बढ्दै आएको छ।’–विमानस्थल प्रमुख श्रेष्ठले भने।

यतिखेर काठमाडौं, रामेछापबाट हुँदै आएको उडान सँगै खुम्बु क्षेत्र वरपर हुने दुईतर्फी उडान अवतरण संख्या दुईसय ७२ रहेको उनले जानकारी दिए। उनका अनुसार यतिखेर फिक्सविङ मार्फत दैनिक ४८ वटा र हेलिकोप्टरमार्फत दुई सय २४ वटा दुईतर्फी उडान अवतरण हुँदै आएको छ।

हवाईजहाजबाट हुँदै आएको कुल ४८ उडान अवतरणमध्ये आठ काठमाडौंबाट र बाँकी ४० वटा दुईतर्फी उडान रामेछापबाट हुँदै आएको छ।

यसअघि सिजनमा अधिकतम तीन सय ७० वटासम्म दुईतर्फी उडान अवतरण हुने गरेको उनले जानकारी दिए।

विमानस्थल कार्यालयले उडान चाप अनुसार नयाँ हेलिकोप्टर पार्किङ क्षेत्रमा छवटा र पुरानो पार्किङ क्षेत्रमा तीनवटा हेलिकोप्टर पार्किङ व्यवस्थापन गर्दै आएको उनले बताए।

हाल यो विमानस्थलमा फिक्सविङ तर्फ समिट, तारा, सीता र हेलिकोप्टरतर्फ सिम्रिक, कैलाश, प्रभु, मनाङ, माउन्टेन, श्री, मुस्ताङ, अल्टिच्युड, हेलि एभरेष्ट लगायत विभीन्न कम्पनीले नियमित उडान गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय