चैत २८
नेपाली कांग्रेसका युवा नेता एवं कपिलवस्तु ३ का निवर्तमान सांसद अभिषेकप्रताप शाहले संकटग्रस्त अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन पहल थालेका छन् ।
उनले सरकारलाई सुझाव दिँदै संकटको बेला दक्षिण छिमेकी भारतसँग विशेष आर्थिक प्याकेज सहयोग लिनुपर्ने बताएका हुन् ।



शाहले भने नेपालको अर्थतन्त्रलाई पुर्नस््थापनामा ल्याउन नेपाल सरकारले भारत सरकारसँग विशेष आर्थिक प्याकेज माग्नु पर्छ।
अहिले नेपालकोे अर्थतन्त्र कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था मा पुगेको छ । अर्थ मन्त्रालयले वृद्व भत्ता कटौती गर्ने तयारी गरेको छ । कर्मचारीलाई तलब खुवाउन विदेशबाट ऋण लिनुपर्ने अवस्थामा नेता शाहले यो सुझाव दिएका हुन् ।



