रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बोहोरालाई विद्यार्थीहरुको कडा प्रश्न ः यतिका वर्ष कता हनुहुन्थ्यो

२०७९ कार्तिक १७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

एलिना आचार्य
भैरहवा कार्तिक १७
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी क्षेत्र नम्बर ३ द्धारा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले मतदान गर्ने विषयमा असन्तुष्टि जनाउदै आक्रोसित रुपमा प्रश्न गरेका छन् । सिद्धार्थनगर नगर पालिका मा अवस्थित रुपन्देही क्याम्पसको बिबिएस २ दोस्रो वर्षमा अध्ययनरत छात्रा, सरिता गौतमले मन्चमै गएर प्रश्न गरिन्, यत्तीका वर्ष विद्यार्थीका समस्या बुझन तपाईहरु किन आउनु भएन, चुनावको मुखमा आएर मात्र विद्यार्थीहरुको समस्याको बारेमा सुन्न आउनु सामान्य विषय हो जस्तो लाग्दैन । उनले थप बोल्दै भनिन्, क्याम्पस जानेबाटो वर्षौ देखि अत्यन्तै जिर्ण अवस्थामा छ, यस्का लागि हामीले धेरै आवाज उठाएऔ त्यो समयमा कोही भएन्, अनि आज मात्र यस हलमा बोलेर हाम्रो समस्या समाधान हुन्छ भनेर विश्वस्त हुन हाम्रा लागि असम्भव छ ।

त्यस्तै कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पस बिबि एस पहिलो वर्षमा अध्ययनरत रोशन मिश्राले सबै विद्यार्थीको नेतृत्व गर्दै भने, अहिले बिहानको ७ बजिरहेको छ, हामीलाई क्याम्पसबाट यस कार्यक्रमका लागि बोलाइयो, खासमा यो हाम्रो क्याम्पस पढ्ने समय होइन।
रोशनले यती भन्न नपाउदै समय सकिएको भन्दै राप्रपा ,जसपा र नेकपा एमालेका पदाधिकारीहरुले समय सकिएको भन्दै रोशनलाई विदाई हुन आग्रह गरेका थिए् । भने उम्मेदवार दिपक बोहोराको घाटीमा समस्या भएको भन्दै कार्यकर्ताहरुले उत्तर दिन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय