असोज १३
सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच सीमापार अपराध नियन्त्रण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सशस्त्र बल मुख्यालय हलचोकमा भएको तीन दिने छैठौं समन्वयात्मक बैठकमा एपीएफका तर्फबाट महानिरीक्षक राजु अर्याल र एसएसबीको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।



दुई देशबीचको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन उक्त सम्झौता भएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। ’सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदान प्रदान गर्ने सहमति भएको छ,’ थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
त्यस्तै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको सम्झौता पत्रमा उल्लेख छ।



