सिमावर्ती फरेनी बजारमा रुपन्देही प्रशासनको चलखेल,, उपभोक्ता मारमा

२०७९ भाद्र ३, शुक्रबार
पढ्ने समय : 3 मिनेट

भैरहवा भदौ ३
महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा तिजको लागी उपभोग्य सामान किन्न उनीहरु शहर बजार तिर धाउन भ्याई नभ्याई छ ।तिजमा राम्रो पहिरनमा सजिएर रमाईलो गर्दे खानपिन गर्ने हिन्दु महिलाहरुको वर्ष भरीको ठुलो चाहाना , इच्छा र रहर पनि हो । यस्तै यो पटक को तिजका लागी सामान खरिद गर्न तिलोत्तमा नगर पालिका १४ की हरि माया शर्मा बुधबार नेपाल भारत सिमामा साता को दुई पटक लाग्ने हाट बजार जान बस चढेर सिमा नाका मेउडिहवा नजिक पुगिन तर त्यहा तैनाथ शसस्त्र प्रहरी, र जनपद प्रहरी ले फरेनी बजार जान रोक लगाए पछी हरि माया तिन छक्क परिन । उन ले बजार जान नपाउनु को कारण बारे प्रहरी समक्ष जिज्ञासा राख्दा प्रहरी को एउटै जवाफ हुन्थ्यो माथीको आदेश छ ।घरायासी सामान किन्न १२ किलोमिटर टाढा बाट टन्टलापुर घाम मा आएकी हरि माया मात्र होईन सयौ महिला फरेनी बजार जान नपाए पछी रित्तो हात फर्कन बाध्य भएका थिए । हरिमाया त एक उदाहरण मात्र हुन हरिमाया जस्तै सयौ नेपाली उपभोक्ता विगत तीन साता भन्दा बढी बाट भारतीय फरेनी बजार जान पाएका छैनन । हाट बजार जान किन नपाएको भन्नेमा उनीहरुलाई स्पष्ट जानकारी समेत छैन । एक्कासी फरेनी मा लाग्ने हाट बजार जान बाट रोक लगाउदा उनीहरु अन्यौल मा छन ।तर कतिपय उपभोक्ता भने चोर बाटो छल्दै खेतको बाटो हुदै फरेनी पुगेका थिए ।

किन जान्छन नेपाली फरेनी बजार
नेपाल भारत सिमा नाका बेलहिया र भारतको सुनौली नाका बाट करिब १ किलोमिटर पश्चिम मा पर्ने फरेनी हाट बजार यस क्षेत्रका नेपाली उपभोक्ता का लागी पहिलो रोजाई को हाट बजार हो सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ को दशगजा क्षेत्र र भारतको भुमिमा लाग्ने उक्त बजार मा निकै सस्तो मा उपभोग्य सामान पाईने भएका कारण नेपाली को पहिलो रोजाईको हाट बजार बनेको छ । फरेनी बजारमा रुपन्देहीका ग्रामिण भेगका उपभोक्ताहरु २० किलोमिटर टाढा बाट पनि बुधबार र शनिबार उक्त हाट बजार मा सामान खरिद गर्न पुग्दछन । उक्त हाट बजार मा पुग्ने उपभोक्ता को एउटै भनाई छ । नेपालमा भन्दा उक्त बजारमा सामान आधा सस्तो हुन्छ । रुपन्देही स्थानिय प्रशासन ले कोरोना को सक्रमण बढदै गएको भन्दै फरेनी बजार जान नेपाली उपभोक्ता लाई प्रतिबन्ध लगाएको बताए पनि १ किलोमिटर पर रहेको भारतीय सुनौली बजारमा भने दैनिक हजारौको सख्यामा नेपाली उपभोक्ता सामान खरिद गर्न जादा कुनै रोक लगाएको छैन । केही समय अघि मात्र सरुवा भएर रुपन्देही आउनु भएका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे लाई स्वागत गर्दे उधोग व्यापार सगठन रुपन्देही ले भारतीय फरेनी बजार का कारण नेपाल को बजार व्यवसायमा नकारात्मक असर परेको भन्दै उक्त बजार जान नेपाली लाई रोक लगाउनु पर्ने माग गरेको थियो ।पटक पटक उधोगी व्यवसायी को दवाव पछी स्थानिय प्रशासन ले कोरोनाको बहाना बनाउदै उक्त बजार जान नेपाली लाई रोक लगाइएको छ। अचम्म को कुरा त हजारौ नेपाली भारतीय सुनौली बजार जादा कोरोना को ‘क’ पनि नभन्ने तर साता को दुई पटक लाग्ने हाट बजार मा नेपाली उपभोक्ता लाई फरेनी बजार जान रोक लगाईनु रहस्य को विषय भएको छ ।

बर्षो देखी सचालन हुदै आएको फरेनी बजार कोरोना सक्रमण को समय मात्र बन्द भएको थियो । कोरोना सक्रमण कम हुदै गए पछी यो बजार निर्वाध रुपमा चलिरहेको थियो । तर पछिल्लो समय बिना कारण स्थानिय प्रशासन ले बजार जान रोक लगाए पछी नेपाली आम उपभोक्ता अचम्म परेका छन । फरेनी बजार मा उपभोक्ता लाई रोक लगाइनु का बारेमा प्रतिक्रिया लिदा सुरु मा स्थानिय व्यापारिक सघ,सस्था को अनुरोध मा रोक लगाइएको बताउनु भएका प्रमुख जिल्ला अधिकारी पाण्डे ले पछी राजस्व चुहावट नियन्त्रण गर्न रोक लगाइएको जवाफ दिनु भएको छ । पाण्डे ले फरेनी नाका बाट चोरी तस्करी बढेको राजस्व गुमेको गुनासो बढे पछी हाट बजार जान रोक लगाएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पाण्डे ले बेलहिया नाका बाट हुने राजस्व चुहावट लाई पनि छिटै नियन्त्रण गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय