नेपाल मा बिजनेस भिसा लिने मा चिनियाँ नागरिक अगाडी

२०७९ श्रावण ३०, सोमबार
पढ्ने समय : < 1 मिनेट

साउन ३०
पछिल्लो पाँच वर्षमा करिब ९ हजार चिनियाँ नागरिकले नेपालका लागि बिजनेस भिसा लिएका छन् । उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८ सय ३९ जना चिनियाँले बिजनेस भिसा लिएका हुन् ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा विजनेश भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडी छन् भने चिनियाँपछि कोरियाली, जापानी, अमेरिकी तथा अष्ट्रेलियन र जर्मन नागरिक रहेका छन् । सन् २०१७ मा १ हजार ५ सय ७९ , २०१८ मा १ हजार २ सय ८९ , २०१९ मा २ हजार ७ सय १३, २०२० मा १ हजार ३ सय ७४ र २०२१ मा १ हजार ३ सय ४४ चिनियाँ नागरिककले विजनेश भिसा लिएका छन् ।

चीनबाट भिसा आवेदनकमात्र नभई यो अवधिमा सबैभन्दा बढी लगानी स्वीकृतसमेत भएको छ । विभागको तथ्यांकअनुसार चीनबाट पछिल्लो पाँच वर्षमा ४९ अर्ब ९० करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय