असार १६
प्रहरीले चिनियाँ नागरिकले चलाएको पोखराको ड्यामसाइट स्थित कम्पनीमा छापा मारेको छ । कम्पनी मार्फत् साइबर अपराधको उजूरी परेपछि कास्की प्रहरीले छापा मारेको हो ।
छापा मारेर प्रहरीले के के बरामद गर्यो खुलेको छैन । कम्पनीमा रहेका तीन जना चिनियाँ र ७५ जना नेपाली नागरिकलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
पछिल्लो समय नेपालमा बसेर चिनियाँ नागरिक साइबर अपराधमा संलग्न रहेको घटनाहरु बढेका छन् । २०७७ पौषमा १२२ जना चिनियाँ नागरिक उपत्यकाका विभिन्न स्थानबाट साइबर अपराधको अभियोगमा पक्राउ परेका थिए ।






